Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज ११ सय रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुनको मूल्य आइतबार एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भएको थियो । आज चाँदीको मूल्य एक हजार ७०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

Share: