Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज कतारका राजा अमिर नेपाल आउँदै, देशभर सार्वजनिक बिदा – Lekhanpeeth

आज कतारका राजा अमिर नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

Share:

काठमान्डौ/कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन्।

 

कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उनको भ्रमण सफल बनाउन सरकारी संयन्त्रहरुले तयारी तीव्र पारेका छन्।

 

कतारी राजा थानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको र अरु घेरामा अन्य सुरक्षाकर्मी रहने छन्। कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्ने कार्यक्रम तय भएको छ।

 

नेपाल आए लगत्तै कतारका राजा राष्ट्रपति कार्यालय शीतल निवास जाने कार्यक्रम रहेको छ। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच नेपाल–कतार द्विपक्षीय सम्बन्धमा छलफल हुनेछ।

 

राष्ट्रपति पौडेलले कतारी राजा थानीको स्वागतमा बेलुका रात्रिभोजको आयोजना गर्दैछन्। पर्सी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजाबीच द्विपक्षीय वार्ता हुनेछ। ​कतारी राजाको राजकीय भ्रमणका क्रममा विभिन्न सम्झौता हुने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

 

कतारी राजा आउने दिन मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ।

Share: