मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना, १० जनाको मृत्यु

85
0
Share:

काठमान्डौ/मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।

 

फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्रस्त एउटा हेलिकप्टरमा सात अर्कोमा तीन जना सवार थिए ।

 

“सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ”, विज्ञप्तिमा भनिएको छ, “पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ ।”

Share: