गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी

Share:

काठमान्डौ/सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो ।

 

२०८० साल जेठ २१ गते त्रिभुवन शाहले गौरमा भएको नरसंहारकारी हत्या काण्ठको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइ दायर भएको रिटमा बुधबार आदेश आएको हो ।

 

२०६३ साल चैत ७ गते रौतहटको गौरमा माओवादी र तत्कालिन जनाधिकार फोरमले एकै स्थानमा कार्यक्रम गरेका थिए । सो क्रममा दुइ पक्षबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो भने ११५ जना घाइते भएका थिए ।

Share: