Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने – Lekhanpeeth

जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने

188
0
Share:

काठमान्डौ/जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी साता फ्रान्स, ब्राजिल र पाराग्वेको भ्रमण गर्नुहुने भएको छ । जापानले ल्याटिन अमेरिकासँगको सम्बन्धलाई प्रगाढ बनाउन खोजेको छ ।छ दिवसीय भ्रमण कार्यक्रममा प्रधानमन्त्री किशिदाले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनका साथै ब्राजिलका नेता लुइज इनासियो लुला दा सिल्भासँग पनि भेट गर्नुहुने जापानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

 

‘यस वर्ष ब्राजिलले जी२० को र पेरुले एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) को अध्यक्षता गरिरहेका छन्, यो ल्याटिन अमेरिकाको वर्ष हो र यसमा विश्वको ध्यान केन्द्रित भएको छ”, सरकारका प्रवक्ता योशिमासा हयाशीले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “जापानले ल्याटिन अमेरिकी मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने यो अवसरलाई सदुपयोग गर्न चाहन्छ ।’

 

जापानी समाचार एजेन्सी क्योदो न्युजका अनुसार लुलासँगको आफ्नो बैठकमा प्रधानमन्त्री किशिदाले जलवायु परिवर्तनदेखि लिएर डिकार्बोनाइजेसन र अन्य वातावरणीय मुद्दामा द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुहुने अपेक्षा गरिएको छ ।निक्की दैनिकका अनुसार हरित प्रविधिहरूमा द्विपक्षीय सहयोगलाई बढाउन ब्राजिलमा थप जापानी लगानी हेर्ने गरी किशिदाले कम्तीमा ४० कम्पनीको प्रतिनिधित्व गर्ने प्रतिनिधिमण्डल लैजानुहुनेछ ।

 

जापानी अटो कम्पनी टोयोटाले गत महिना उसले ब्राजिलमा हाइब्रिड सवारी साधनको उत्पादन बढाउनका लागि ११ अर्ब रिसिस (दुई अर्ब २० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाइरहेको बताएको थियो ।ब्राजिलको भ्रमणअघि किशिदाले ‘विभिन्न आर्थिक तथा सामाजिक मुद्दाको समाधानबारेमा छलफलको नेतृत्व गर्न’ फ्रान्समा ओइसिडी बैठकमा सहभागिता जनाउनुहुने उहाँको कार्यालयले बताएको छ ।

Share: