
काठमान्डौ/बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका दीपेशकुमार पुन रिहा भएका छन् । प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि शुक्रबार पुन धरौटी रकम जम्मा गरेर रिहा भएका हुन् ।
७ वैशाखमा रुपन्देही जिल्ला अदालतले पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश डा।श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो । उक्त रकम आज (एक हप्ता पछि)बुझाएर पुन छुटेका हुन् ।
पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशले धरौटी बापतको ४ लाख बुझाउन एक हप्ता लगाएका हुन् । अरु पाँच जना भने आदेश भएकै दिन छुटेका थिए । दीपेश सहकारीकै अर्को मुद्दामा पक्राउ पर्ने सम्भावना देखिएपछि एक साता कारागारमै बसेको बताइएको छ ।