Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित – Lekhanpeeth

वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

232
0
Share:

काठमान्डौ/कप्तान रोहित पौडेलको अर्धसतकका बाबजुद नेपाल वेस्ट इन्डिज ए सँग झिनो रनले पराजित भएको छ।

 

पहिलो खेलमा सतक प्रहार गर्दै टोलिलाई महत्वपुर्ण जित दिलाएका रोहितले दोस्रो खेलमा अर्धसतक प्रहार गर्दै टोलिलाई सम्हाले पनि बलियो साझेदार नपाउँदा टोलिले हार टार्न असफल भयो।

 

पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गरेको नेपाल दोस्रो खेलमा भने १६१ रन बनाउन चुक्यो। नेपालले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १५० रन बनाउन सक्यो।

 

नेपालका लागि लोकश बमले १७, कुशल भुर्तेलले २, तथा अनिल साहले एक रन बनाए। कुशल मल्ल शुन्य रनमै पेबेलिय फर्किँदा गुल्शन झाले २६ तथा आरिफ शेखले १२ रनको योगदान दिए। दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान ३ रन मात्रै बनाउन सके।

Share: