Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु – Lekhanpeeth

कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

Share:

काठमान्डौ/सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नंको कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नंको स्कुटर एकआपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौँ माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

 

स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय राज तामाङको भने मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको र कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौँ कलङ्की बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई पक्राउ गरी प्रहरी वृत जगाती भक्तपुरको हिरासतमा राखिएको छ । घट्नाको अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

Share: