Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मनोरञ्जन कर तिर्न एलओडीसहितका क्लब र दोहोरी साँझलाई महानगरको ताकेता – Lekhanpeeth

मनोरञ्जन कर तिर्न एलओडीसहितका क्लब र दोहोरी साँझलाई महानगरको ताकेता

180
0
Share:

काठमान्डौ/एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरपालिकाले ताकेता गरेको छ ।

 

महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको हो । जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मङ्सिर ०८० मा होटेल हायातमा साङ्गीतिक कन्सर्ट गरेको उल्लेख छ ।

 

काठमान्डौ/महानगरले यसअघि १६ फागुन ०८० मा रात्रिकालीन क्लब, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

 

 

Share: