
काठमान्डौ/टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा पनि नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ ।
जितका लागि दुई सय १० रनको विजयी लक्ष्य पच्छाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटियो ।
यससंगै नेपालसंगको टी–२० शृंखलाको उपाधि वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखला ३–१ ले जितेको हो ।