
काठमान्डौ/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाबाट अधिकारीले विश्वासको मत लिनेछन् ।
अधिकारी २५ चैतमा गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । एमालेका २२, माओवादी केन्द्रका (सभामुखसहित) ८ तथा स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेर मुख्यमन्त्री नियुक्त भएका हुन् ।
तर, त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले गरेको व्याख्याका आधारमा ३० मत पुगेमा मुख्यमन्त्रीले विश्वासको मत पाउने गठबन्धनका नेताहरूको दाबी छ ।
सर्वोच्च अदालतले पाण्डेको रिटमा गरेको व्याख्याका आधारमा ३० सांसदको समर्थन जुटाएर बहुमत पुर्याउने गठबन्धनका नेताहरूको भनाइ छ । गण्डकीको प्रदेशसभा ६० सदस्यीय छ ।