
काठमान्डौ/प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा नाराबाजीसहित बेल घेराउ गरेपछि बैठक स्थगित भएको हो ।
कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समितिको माग गरिरहेको छ ।