सुनको मूल्यमा फेरि नयाँ रकेर्ड कायम, तोलाको १ लाख ४० हजार पुग्यो

189
0
Share:

काठमान्डौ/बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १६ सय रुपैयाँ बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । बिहीबार छापावाला सुनको मूल्य १ लाख ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि १ लाख ३९ हजार रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो ।

 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन १ लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: