Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्री ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने – Lekhanpeeth

प्रधानमन्त्री ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने

237
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक विश्वासको मत लिने भएका छन् । उनले जेठ ७ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसबारे उनले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

 

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

 

जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो । एकजना सांसदले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिनु पर्ने संविधानको धार १०० को (२)मा व्यवस्था छ ।

Share: