Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला हुने – Lekhanpeeth

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला हुने

231
0
Share:

काठमान्डौ/पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो।

 

परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिए।

 

मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। मेलामा हस्तकलाका सामग्री, तयारी पोसाक सिल्क, पश्मिना, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन्। मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ।

Share: