फिल्म ‘दान्भी’को गीत ‘मायाको खानी’ सार्वजनिक

Share:

काठमान्डौ/नेपाली कथानक चलचित्र ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो । गीतमा सुरेश लामा र ममता गुरुङको स्वर छ । अर्जुन पोखरेलको संगीत, प्रदीप प्रखर पोखरेलको शब्दरचना छ ।

 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नवनायक कुन्साङ बोमजोम फिचर्ड छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेसनमा खिचिएको छ ।

 

रुपेश तामाङको निर्देशन रहेको चलचित्र असार ७ गतेबाट रिलिजमा आउनेछ ।

Share: