सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, एक तोला सुन किन्न १ लाख ४० हजार ९०० तिर्नुपर्ने

Share:

काठमान्डौ /सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउले उक्त रेकर्ड आज तोडेको हो ।

 

आइतबार सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुनको भाउ आज १६ सय रुपैयाँले बढेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

Share: