Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कैलाश सिरोहियालाई धनुषा लगियो – Lekhanpeeth

कैलाश सिरोहियालाई धनुषा लगियो

190
0
Share:

काठमान्डौ/कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई गाडीमा धनुषा पठाइएको बताए।

 

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनको नागरिकता नम्बर अर्को एक जना व्यक्तिसँग मिलेको र फरकफरक ठाउँमा फरकफरक नागरिकता पेश गरेको हुँदा पक्राउ गरिएको डिएसपी अवाले बताए।

 

सिरोहिया विरुद्ध वैशाख १७ गते जाहेरी परेको थियो। मंगलबार जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो।

 

Share: