चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

Share:

काठमान्डौ/चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । विश्व टोरोन्टो, बुसानजस्ता फिल्म महोत्सवमा सहभागी यो चलचित्रमा कलाकार दयाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ ।

 

महेश राईले लेखेको यस चलचित्रको निर्माता अमोद राई छन् भने निर्देशन नवीन सुब्बाले गरेका छन् ।

 

त्यस्तै, अमेरिकन छायाँकार जोश हेरमले खिचेको चलचित्रमा हाइडी लीको सङ्गीत, केदार श्रेष्ठको ‘कास्टिङ’ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको ‘साउन्ड डिजाइन’, सिकुमा राईको पहिरन, क्वान पुन लुङको सम्पादन रहेको छ ।

Share: