Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई विमानस्थलमा भव्य स्वागत – Lekhanpeeth

एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई विमानस्थलमा भव्य स्वागत

183
0
Share:

काठमान्डौ/एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको छ । श्रेष्ठलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित एक समूहले स्वागत गरेको हो ।

 

वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले जेठ १२ गते शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी थिइन् । पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनिन्। उनले योसहित सगरमाथा आरोहण चौथो पटक हो। श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

 

गोरखाको आरुघाट गाउँपालिका-१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छिन्। विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के-टुको आरोहण गरिसकेकी छिन्।

Share: