Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज यी प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना – Lekhanpeeth

आज यी प्रदेशमा चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

254
0
Share:

काठमान्डौ/नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा वर्षा भइरहेको छ।

 

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Share: