विश्वकप वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

159
0
Share:

काठमान्डौ/आईसीसी टी-२० विश्वकपअन्तर्गत गए राति भएको वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको छ । क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । १८४ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रन बनाउँदै अलआउट भयो ।

 

क्यानडाका लागि एरोन जोनसनले १० रन जोडे भने नवनीत धलिवालले ३२ रन बनाए । त्यस्तै रायन पठान शून्य रनमा आउट हुँदा निकोलस किर्टोनले ५२ रन जोडे । त्यस्तै परगत सिंह १३, श्रेयस मोब्बा २, दिलप्रित बाज्वा ३, रविन्द्रपाल सिंह ४१, साद बिन जाफर २ तथा डिलोन हेलिङ्गरले १३ रन जोडे ।

 

नेपालका लागि अविनास बोहराले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी र सागर ढकालले समान १/१ विकेट लिए । जवाफी ब्याटीङमा उत्रिएको नेपालका कुशल भुर्तेलले १० रन जोडे भने आशिफ शेखले २२ रन बनाए । त्यस्तै अनिल साहले २४ रन जोड्दा कुशल मल्ल ३७ रनमा आउट भए । रोहित पौडेलले १ तथा सन्दीप जोराले ६ रन जोड्दा गुल्सन झा शून्यमै आउट भए ।

 

त्यस्तै सोमपाल कामी ४, सागर ढकाल ५ तथा अविनाश बोहरा शून्यमा आउट हुँदा करण केसी ५ रनमा नटआउट रहे । नेपालले अब अमेरिकासँग आफ्नो दोस्रो वार्मअप खेल खेल्नेछ । विश्वकपमा सहभागी सबै टोलीलाई २/२ वार्मअप खेल्ने व्यवस्था मिलाइएको छ । नेपालले त्यसमा क्यानडा र अमेरिकालाई प्रतिस्पर्धीका रूपमा पाएको छ ।

Share: