यस्तो छ आजको राशिफल

91
0
Share:

काठमान्डौ/आजको पञ्चाङ्ग

वि.सं. १७, २०८१ । ई.सं. 30 May, 2024 । शक संवत् १९४६ । नेपाल संवत् ११४४ बछलागा । कालयुक्त उत्तरायण ग्रीष्म । बिहीबार ज्येष्ठ कृष्णपक्ष । तिथि सप्तमी ११:०९ बजेसम्म, त्यसपछी अष्टमी । नक्षत्र धनिष्ठा ०७:२४ बजेसम्म, त्यसपछी शतभिषा । योग वैधृति २०:५९ बजेसम्म, त्यसपछी विष्कम्भ । करण वव ११:०९ बजेसम्म, त्यसपछी वालव २१:५९बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि कुम्भ । आनन्दादि योग श्रीवत्स । दिनमान १३:४२ । सूर्योदय ५:११ । सूर्यास्त १८:५३ । अष्टमीव्रतम् / गोरखकालीपुजा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

 

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । झैझमेलाको अवस्था पनि आउला ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको लागि दौडधुप गर्नु पर्नेछ । चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन् ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सफल यात्राको योग छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनसक्छ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ । आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यमा सहभागिता जनाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

 

Share: