Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्रीद्वारा श्रमाधान रोजगार मेलाको उद्घाटन – Lekhanpeeth

प्रधानमन्त्रीद्वारा श्रमाधान रोजगार मेलाको उद्घाटन

168
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् । प्रधानमन्त्रीले विराटनगरबाट सातै प्रदेशमा लाग्ने श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका हुन् ।

 

रोजगार मेला’रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने आयोजकले जनाएको छ । मेलामा कोशी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर रोजगारीका लागि आवेदन आह्वान गरेका छन् । रोजगारीको खोजीमा रहेकाहरूले सीप, क्षमता र योग्यताअनुसारको जागिरका लागि प्रस्ताव गर्न र जागिर प्राप्त गर्न मेला प्रभावकारी हुन आयोजकले जनाएको छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मेलाको संयोजन गरेको छ । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मेलाले रोजगार खोज्ने र कामदार खोज्नेलाई पुलको काम गर्ने बताए । उनले प्रदेशकै करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको विराटनगरमा आयोजित मेला रोजगारी खोजी गरिरहेका जनशक्ति र श्रमिक खोजी गर्ने उद्यमीहरूबिचको संगमस्थल बन्ने बताए । श्रम रोजगार तथा सामाजिक मन्त्रालयको आयोजनामा मेला आयोजना गरिएको हो ।

 

मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी कार्यक्रम, रेमी परियोजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटेल सङ्घ नेपाललगायतले स्टल राखेका छन् ।

 

मेला सातै प्रदेशमा दुई दिन चल्नेछ । मेला कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

Share: