लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न नपाइने

143
0
Share:

काठमान्डौ/लाइसेन्स भएपनि यात्रा अनुमति नभएका हतियार बोक्न नपाइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार बाहकलाई घर बाहिर लैजान रोक लगाएको हो ।

 

हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउने गरी इजाजत पत्र दिने व्यवस्था छ ।

 

तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ । दुर्गा प्रसाईँको हतियारको यात्रा अनुमति बारेमा गृह मन्त्रालयले छानबिन गरेको थियो । प्रसाईँलाई हतियार दिने निर्णय र अनुमति पत्रमा फरक विवरण भेटिएको छ ।

Share: