घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । आइतबार २०० रुपैयाँ घटेको सुनको आज सोमबार १ हजार रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: