Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु – Lekhanpeeth

गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु

Share:

काठमान्डौ/गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

 

उद्घाटन समारोहमा होटल संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष हरि शर्मा गैरे, श्रममन्त्री अर्याल, मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दु कुमार थापा, आर्थिक मामिलामन्त्री डा टकराज गुरुङ लगायतका अथितिहरूको उपस्थिति रहेको छ ।

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरू रहेका छन् ।

 

मेलामा विभिन्न खालका ३९ वटा स्टलहरू राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् ।

 

सोमबार र मंगलबार चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे सम्वादसमेत हुनेछ। दुई दिनसम्म चल्ने मेलामा पहिलो दिन श्रम आप्रवासनः कानुनी प्रकृया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अबसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा सम्वाद हुनेछ।

 

त्यस्तै दोस्रो दिन शिक्षा र रोजगारी बीचको सेतुः कार्यस्थलमा सिकाईको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाठा विषयमा सम्वाद हुनेछ।

 

कोशी प्रदेशको विराटनगरबाट सुरू भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिनेछ। मेलाले विशेषगरी रोजगारदाता र रोजगारी खोज्नेबिच देखिने गरेको खाडल पुर्न महत्त्वपूर्ण मानिने श्रम मन्त्रालयले जनाएको छ ।

Share: