प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

102
0
Share:

काठमान्डौ/संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

 

आज कार्यसूचीमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि उल्लेख छ । संविधानसभा सदस्य तथा पूर्वमन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Share: