सुनको मूल्यले राख्यो नयाँ रेकर्ड

Share:

काठमान्डौ/आज मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

 

त्यस्तै, आज तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यो दिन चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: