६.२२ अंकले बढ्यो नेप्से

108
0
Share:

काठमान्डौ/धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६.२२ अंकले बढेर बन्द भएको छ । नेप्से सोमबारको तुलनामा आज ०.२९ प्रतिशतले वृद्धि भएको हो ।

 

यस दिन कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मंगलबार चार अर्ब आठ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार चार अर्ब ४० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

 

१२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सोमबार १० प्रतिशतले सेयर मूल्य बढेको बुुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य आज भने ५.५१ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज सर्वाधिक घटेको हो ।

 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर, म्युचुअल फन्ड र ‘अन्य’ समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि व्यपार समूहको भएको छ । यो समूहको परिसूचक २.७० प्रतिशतले वृद्धि भएको छ ।

Share: