Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेशका मुख्यमन्त्री यादव बिरामी, आज विश्वासको मत नलिने – Lekhanpeeth

मधेशका मुख्यमन्त्री यादव बिरामी, आज विश्वासको मत नलिने

Share:

काठमान्डौ/मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत नलिने भएका छन् । विश्वासको मत लिने कार्यतालिका बनाएको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री बिरामीको पत्र पाएको जानकारी दिएको छ ।

 

नेपालको संविधान अनुसार दल विभाजन भए वा सरकारको समर्थनमा रहेका दलहरु मध्ये कुनै एक दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । माओवादी केन्द्रले गत बैशाख २३ गते सरकार छोडेकाले सो अनुसार उनले विश्वासको मत लिने आज बुधबार ३० दिन पुगेको छ ।

 

जनता समाजवादी पार्टी नेपालको सरकारमा रहेको सत्ता साझेदार दलहरुमध्ये एकपछि अर्को दलले साथ छोडेपछि जसपा नेपाल एक्लिएको छ ।

 

प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ , नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मिति २०८१/२/२१ मा मिति २०८१ जेष्ठ २३ गते विश्वासको मत प्राप्त गर्ने बैठकको कार्यसूचिमा राख्न व्यवस्था हुन पत्राचार गरेकोमा म मुख्यमन्त्री अस्वस्थ्यताको कारणले तोकिएको मितिमा स्वयम उपस्थित भइ विश्वासको मत लिन असमर्थ रहेकोले धारा १८८ को उपधारा (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनु पर्नेमा मिति २०८१ जेष्ठ २८ गतेको लागि प्रदेशसभा बैठकको कार्यसूचिमा राखी आजको बैठकको विश्वासको मत सम्बन्धी कार्य सूचि स्थगितगर्नु हुन अनुरोध छ ।

 

मुख्यमन्त्री यादवले आज विश्वासको मत नलिएपछि उनी स्वत: पदमुक्त हुने अवस्था आउनसक्ने देखिन्छ ।

Share: