
काठमान्डौ/उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी गराएको छ । उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।