श्रोत नखुलेको ६९ लाख सहित चार चिनियाँ पक्राउ

124
0
Share:

काठमान्डौ/भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० भातेढिकुरबाट बुधबार प्रहरीले चारजना चिनियाँं नागरिक पक्राउ परेका छन् ।

 

भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० प. २८७२ नम्बरको ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
स्रोत नखुलेको ६९ लाख पाँच हजार नेपाली रुपैयाँ नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । थप कारवाहीका लागि उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जानकारी दिए ।

 

पक्राउ पर्नेहरुमा चिनियाँं नागरिक भई काठमाडौं बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५० को छिग छियालिग, वर्ष २४ को क्यो हावरण र वर्ष ३६ को डेना लाइयू रहेको प्रहरीले जनाएको छ ।

Tagsarrest
Share: