Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव – Lekhanpeeth

सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

186
0
Share:

काठमान्डौ/सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गरेका छन् । उनले भने, “संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ । विमानस्थल विस्तार गर्न गतवर्षको बजेटले ध्यान दिन सकेन ।सगरमाथा क्षेत्रको विकासका लागि थप काम गर्नुपर्छ ।”

 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दूधकोशी नदीबाट थप विद्युत उत्पादन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद रुपा सो.शी चौधरीले संसदबाट कानुन निर्माण प्रक्रियामा लक्ष्य प्राप्ति हुन नसकेको बताउँदै यसमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइन ।

 

सांसद निशा डाँगीले सीमित बजेटको आकार भए पनि असिमित योजना घोषणा गरिरहेको सन्दर्भमा स्रोतको सुनिश्चितता नगरी ठूला योजना घोषणा नगर्न सुझाव दिइन । सांसद अनिशा नेपालीले स्थानीय सडक राष्ट्रिय राजमार्गसँग जोड्ने भनेर पटक–पटक बजेट छुट्याइने गरेको तर कार्यान्वयन ढिलाइ हुने गरेको उल्लेख गरिन ।

Share: