इजरायल र प्यालेस्टिनीबीच युद्ध : गाजा क्षेत्रमा मृत्यु हुनेको संख्या ३७ हजार ८४ पुग्याे

110
0
Share:

काठमान्डौ/इजरायल र प्यालेस्टिनीबीच आठ महिनाभन्दा बढीको युद्धमा गाजा क्षेत्रमा ३७ हजार ८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

 

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा २७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो ।

 

गएकाे अक्टोबर ७ मा युद्ध सुरू भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

Tagsisreal
Share: