Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यमनमा डुंगा डुब्दा ३९ आप्रवासीको मृत्यु – Lekhanpeeth

यमनमा डुंगा डुब्दा ३९ आप्रवासीको मृत्यु

185
0
Share:

काठमान्डौ/यमनमा दुई सयभन्दा बढी आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु भएको छ । आप्रवासन मार्गमा प्रकोपमा परेकाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघको एजेन्सीले मंगलबार जनाएको छ ।

 

यमन तटमा भएको घटनामा सोमबार आप्रवासी बोकेको डुंगा डुब्दा १५० जना बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले सोमबारको डुबानलाई उल्लेख गर्दै सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको छ ।

 

प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् । अप्रिलमा दुई डुंगा जिबूतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो ।

 

आईओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल एक हजार ३५० जनाको मृत्यु भएको जनाएको छ । आईओएमले मंगबार जिवित मानिसहरूलाई तत्काल सहायता प्रदान गरिरहेको बताएको छ ।

Share: