Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण – Lekhanpeeth

संसदमा उठेका विषयप्रति सभामुखको सरकारलाई ध्यानाकर्षण

172
0
Share:

काठमान्डौ/सभामुख देवराज घिमिरेले संसदमा शुन्य समय, विशेष समयमा सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शुन्य समय, विषय समयमा सांसदहरुले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । संसदको बैठकमा सांसदहरुले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरुले गुनासो गरे पछि सभामुखले सरकारलाई ध्यानाकर्षण गरेका छन् ।

 

आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गरेका थिए ।

Share: