पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको छः सांसद सिंह

107
0
Share:

काठमान्डौ/सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद सिंहले जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताए ।

 

राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थमा सीमित राख्न नहुने सिंहको भनाइ छ ।

 

‘जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ,’ सिंहले भने, ‘राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ ।’

 

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँ-गाउँमा पुर्‍याउनुपर्ने पनि बताए । तराईका पछाडि परेका समुदायसमक्ष सञ्चारको पहुँच सहज रूपमा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

Share: