Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने – Lekhanpeeth

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने

158
0
Share:

काठमान्डौ/नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने भएको छ । कोषको शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

 

कोषले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र उक्त लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश सहित १४.७३६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

 

Share: