Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन – Lekhanpeeth

दूधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन

255
0
Share:

काठमान्डौ/दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरेका छन् । दूधको भुक्तानी तत्काल दिन माग गर्दै बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

 

उनीहरुले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् । विरोध प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरू पक्राउ परेका छन्।

 

भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता-सहमति समेत कार्यान्वयन नभएको उनीहरूको आरोप छ ।

Share: