आजदेखि फिल्म ‘दान्भी’ र सत्यराजको ‘आचार्य’ हलमा

164
0
Share:

काठमान्डौ/नेपाली कथानक चलचित्र ‘दान्भी’ र ‘आचार्य’ आजबाट प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ र प्रशान्त रासाइलीको निर्देशनमा बनेको ‘आचार्य’ प्रदर्शनमा आएका हुन् ।

 

फ्रेस रिलिज ‘दान्भी’ले उत्साहजनक शो पाउँदा रि–रिलिज ‘आचार्य’ले निकै न्यून हल पाएको छ । चलचित्र ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छिन् । उनले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् ।

 

चलचित्रमा पूजासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको पनि अभिनय छ । ‘दान्भी’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा १६ र उपत्यका बाहिर ३१ शो प्रदान गरेको छ ।

 

दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईले १२, वान सिनेमाजले सात शो उपलब्ध गराएका छन् । एफक्युब, बीएसआर, बिग मुभिज रन्जनालगायत मल्टिप्लेक्समा पनि ‘दान्भी’ले उत्साहजनक शो पाएको छ ।

 

रि–रिलिज हुन लागेको ‘आचार्य’ले क्यूएफएक्समा काठमाडौंमा जम्मा तीन शो पाएको छ । काठमाडौं उपत्यका बाहिर क्यूएफएक्सले तीन शो दिएको छ । वान सिनेमाजले तीन शो दिएको छ । आईएनआईले पनि तीन÷तीन शो दिएको छ ।

 

सत्यराज आचार्य मुख्य भूमिकामा रहेको चलचित्र यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो । ‘आचार्य’ गायक तथा संगीतकार भक्तराज आचार्यको बायोपिक मुभी हो । यो चलचित्रमा सत्यराजसँगै सुनील पोखरेल, सौगात मल्ल, विपीन कार्की, अरुणा कार्कीलगायत कलाकारको अभिनय छ ।

Share: