
काठमान्डौ/सुनको भाउ रेकर्ड मूल्य नजिक पुगेको छ । शुक्रबार एकैदिन प्रतितोला १ हजार ९०० रुपैयाँ बढेसँगै सुनको भाउ रेकर्ड भाउ नजिक पुगेको हो । शुक्रबार छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउले जेठ २५ गते प्रतितोला १ लाख ४५ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ रहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य शुक्रबार प्रतितोला २५ रुपैयाँ बढेको हो ।