Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दक्षिण कोरियालाई पुटिनको चेतावनी : युक्रेनलाई हतियार दिए ठूलो गल्ती हुनेछ – Lekhanpeeth

दक्षिण कोरियालाई पुटिनको चेतावनी : युक्रेनलाई हतियार दिए ठूलो गल्ती हुनेछ

213
0
Share:

काठमान्डौ/रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार उपलब्ध नगराउन दक्षिण कोरियालाई चेतावनी दिएका छन् । रूसविरूद्धको युद्धमा युक्रेनलाई हतियार दिए दक्षिण कोरियाले ठूलो गल्ती गर्ने पुटिनले बताए ।

 

दक्षिण कोरियाले रूस र उत्तर कोरियाबीचको नयाँ सम्झौतालाई ध्यानमा राख्दै युक्रेनलाई हतियार दिनेबारे सोचिरहेको बताएपछि पुटिनले यस्तो चेतावनी दिएका हुन् । केहिदिन अघि उत्तर कोरिया भ्रमणमा गएका पुटिनले अर्को देशसँग युद्ध हुँदा एक अर्कालाई सहयोग गर्ने सम्झौता गरेका छन् ।

 

यसको दक्षिण कोरियाले विरोध गरेको छ । यसअघि दक्षिण कोरियाले यो सम्झौतालाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै निन्दा गरेको थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो-जिनले आफ्नो देशले युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा पुनर्विचार गर्ने योजना बनाएको बताएका थिए ।

 

भियतनाम भ्रमणमा रहेका पुटिनले भने, ‘यदि दक्षिण कोरियाले युक्रेनलाई हतियार आपूर्ति गर्ने निर्णय गर्छ भने दक्षिण कोरियाको वर्तमान नेतृत्व रूसको निर्णयबाट खुसी हुनेछैन।’यता, पुटिनको टिप्पणीपछि दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले युक्रेनलाई हतियार आपूर्तिको लागि विभिन्न विकल्पहरू विचार गर्ने बताएको छ ।

Share: