Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य २७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

सुनको मूल्य २७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आइतबार (आज) सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: