Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
साढे १५ करोड लागतमा बिर्तामोड–शनिश्चरे सडक कालोपत्र – Lekhanpeeth

साढे १५ करोड लागतमा बिर्तामोड–शनिश्चरे सडक कालोपत्र

161
0
Share:

काठमान्डौ/झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।

 

 

“बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ”, उनले भने, “मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ ।” बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब ५०० मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनले बताए ।

 

सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । ‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्र सुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए ।

 

“सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो”, उनले भने, “सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।” सडक कालोपत्रका लागि २५ करोडको कबोल अंक तोकेर बोलपत्र आह्वान गरिएको पनि निर्माण कम्पनीले १५ करोड ५० लाखमा ठेक्का लिएको छ ।

Share: