एक वर्षमा करिब पाँच सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपियो

103
0
Share:

काठमान्डौ/चालु आर्थिक वर्ष विभिन्न १७ वटा आयोजनाबाट उत्पादित ४२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । जबकि एउटा सरकारी अध्ययन प्रतिवेदनअनुसार चालु वर्ष ९०० मेगावाट बिजुली जोडिने प्रक्षेपण थियो ।

 

यससँगै कुल जडित क्षमता ९वर्षा याममा 0३१ सय ६३ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले चालु वर्ष कुल जडित क्षमता साढे ३१ सयभन्दा बढी पुगेको रातोपाटीलाई जानकारी दिए । यो जडित क्षमता वर्षायामका लागिमात्रै हो । अधिकांश आयोजना नदी प्रवाह ९आरओआर० मा आधारित भएकाले सुक्खायाममा उत्पादन घट्छ । सुक्खायाममा कुल क्षमताको ७० प्रतिशतसम्म उत्पादन खुम्चिएर ३० प्रतिशत हाराहारीमात्र उत्पादन हुन्छ ।

 

यही कारण सुक्खायाममा नेपालको आन्तरिक माग धान्न भारतबाट साढे ६०० मेगावाटको हाराहारी बिजुली आयात हुँदै आएको छ भने वर्षायाममा सोही हाराहारीमा भारतीय बजारमा निर्यात हुँदै आएको छ । विद्युत विकास विभागका अनुसार चालु वर्ष ४२९ मेगावाट र गत आर्थिक वर्ष ९२०७९/८०० मा ४६५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । चालु वर्ष १७ वटा आयोजनाबाट र गत आर्थिक वर्ष २० वटा आयोजनाबाट ४६५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

 

चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएका सबैजसो जलविद्युत आयोजनाको उत्पादन क्षमता न्यून देखिन्छ । तथ्याङ्कअनुसार अधिकांश आयोजनाको उत्पादन क्षमता ५० मेगावाटभन्दा कम छन् । ५० मेगावाटभन्दा बढी उत्पादन क्षमता भएका आयोजनाको सङ्ख्या ४ वटामात्रै छन् ।

नेपाल विद्युत प्राधिकरणका अनुसार कुल जडित क्षमतामध्ये प्राधिकरणको लगानीका आयोजनाबाट ४१३ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यस्तै प्राधिकरणका लगानीमा स्थापित सहायक आयोजनाबाट ५३७ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । यसबाहेक स्वतन्त्र ऊर्जा उत्पादकहरूको लगानीमा स्थापित आयोजनाबाट १२ सय ७८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यीमध्ये ५१३ मेगावाट बिजुली उत्पादनमा विभिन्न प्रकारको बाधा आइरहेको प्राधिकरणको भनाइ छ ।

 

चालु आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएका सबैजसो जलविद्युत आयोजनाको उत्पादन क्षमता न्यून देखिन्छ । तथ्याङ्कअनुसार अधिकांश आयोजनाको उत्पादन क्षमता ५० मेगावाटभन्दा कम छन् । ५० मेगावाटभन्दा बढी उत्पादन क्षमता भएका आयोजनाको सङ्ख्या ४ वटामात्रै छन् । ५५ मेगावाटको लिखु–२ आयोजना, ७१ मेगावाट क्षमताको निलगिरी आयोजना, ७३ मेगावाट क्षमताको मध्य तमोर र ७७ मेगावाट क्षमताको लिखु–१ आयोजनामात्रै छन् । यसबाहेक अपर चमेलिया आयोजनाको उत्पादन क्षमता ४० मेगावाट छ ।

 

यसबाहेक ८ वटा आयोजनाबाट १० मेगावाटभन्दा कम क्षमतामा बिजुली उत्पादन गर्ने आयोजना छन् । यस्तै ४ वटा आयोजना १० देखि १५ मेगावाट क्षमतासम्मका छन् । यीमध्ये सबैजसो आयोजना नदी प्रवाहमा आधारित र साना क्षमताका छन् । यी आयोजनाबाट वर्षैभरि पूर्ण क्षमतामा बिजुली उत्पादन सम्भव नै छैन । सोहीकारण, ठुला क्षमता, जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणमा जोड दिनुपर्ने देखिन्छ ।

 

Share: