Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रुससँग युद्ध अन्त्य गर्ने युक्रेनको तयारी – Lekhanpeeth

रुससँग युद्ध अन्त्य गर्ने युक्रेनको तयारी

173
0
Share:

काठमान्डौ/युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने व्यापक योजना तयार गरिरहेको अल जजिराले जनाएको छ ।

 

‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो कूटनीतिक मार्गका लागि हामीले काम गरिरहेका छौँ ।’

 

राष्ट्रपति जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा युक्रेन र रसियाबीच हाल कुनै वार्ता भएको पाइएको छैन ।

 

युक्रेनले बारम्बार शान्तिवार्ता सुरु हुनअघि रुसले क्रिमियाको प्रायद्वीपसहित अन्य क्षेत्रबाट आफ्नो सेना फिर्ता लानुपर्ने माग राखेको छ तर फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन् ।

 

यस महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा प्रमुख अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गर्नुभएको थियो जहाँ युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रुसलाई आमन्त्रित गरिएको थिएन । यसअघि बिहीबार ब्रसेल्समा आयोजित युरोपेली सङ्घ (इयू) शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महिनाभित्र विस्तृत योजना प्रस्तुत गर्ने बताएका छन् ।

Share: