सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

Share:

काठमान्डौ/साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको छ । शुक्रबार एक हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला २०० रुपैयाँ बढेको हो ।

 

आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँ रहेको छ । चाँदी आइतबार पनि सोही भाउमा कारोबार भएको थियो ।

Share: