Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन – Lekhanpeeth

पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन

145
0
Share:

काठमान्डौ/नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उनको भीमदत्त नगरपालिका–६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो ।

 

रासस सञ्चालक समितिका पूर्वसदस्य भट्ट कञ्चनपुरबाट प्रकाशित फारवेस्ट टाइम्स दैनिकका पूर्वसम्पादक थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको मङ्गलबार अन्त्यष्टि गरिने पत्रकार रुद्रराज पनेरुले जानकारी दिए ।

Share: