Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
निर्वाचन आयोगका आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो – Lekhanpeeth

निर्वाचन आयोगका आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो

Share:

काठमान्डौ/निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ ।

 

विहिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए । उनको सुनुवाई शुक्रबारका लागि तय गरिएको थियो ।

 

प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी छलफल गरिएको थियो । प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेको बुझिएको छ ।

 

असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

Share: